भारत जाने ब्याडमिन्टन टोलीको दुई ठाँउमा विदाई
आइतबार, असोज ३१, २०७८ मा प्रकाशित

काठमाडौं , असोज ३१ / भारतको बैंगलोरमा आयोजना हुने इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ मा भाग लिन जाने ब्याडमिन्टन टोलीलाई आइतबार नै दुई ठाँउबाट विदाई गरिएको छ ।

७ खेलाडी र १ प्रशिक्षकसहितको ८ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सहायक मुख्य प्रशिक्षक किरण थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाई गरे ।

त्यसअघि त्रिपुरेश्वरस्थित राखेप परिसरमा राखेप सदस्य तथा ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र बिडब्लुएफ सर्टिफाईड अम्पायर उदय अर्याललगायतले विदाई गरे । इन्टरनेसनल च्यालेन्ज कात्तिक २ बाट ७ गते सम्म चल्नेछ ।

जयन्त श्रेष्ठ प्रशिक्षक रहेको टोलीमा महिलामा रशिला महर्जन, सीमा राजवंशी र अनुमाया राई तथा पुरुषतर्फ प्रिन्स दाहाल, सुदिप सेढाई, सुनिल जोशी र प्रफुल महर्जन खेलाडी रहेका छन् । इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ को लागि गत महिना रिभाइभ लिजर पार्कमा भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको थियो ।हाम्रोखेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय