बर्दियाकी संक्रमित महिलाको भेरीमा मृत्यु
आइतबार, असोज ३१, २०७८ मा प्रकाशित

बर्दिया, असोज ३१ (फरकसमाचार) / बर्दियाकी कोरोना संक्रमित महिलाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका–९ की ३८ वर्षिय महिलाको आईतबार ७ः३० बजे बिहान भेरी अस्पतालमा मृत्यु भएको हो । उनमा गत मंगलबार भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा समस्या देखिदा उनलाई सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आईतबार बिहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणले २ सय १६ जना पुगेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ३ सय ६३ पुगेको छ । त्यसैगरी आइतबार जिल्लामा संक्रमित थपिएका छैनन् । ७ जना निको भएका छन् । निको हुनेको संख्या ७ हजार ९१ पुगेको छ । ५७ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ५४ होम आईसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय