भिषण बर्षाले खेतमा चुर्लुम्म डुब्यो धान
सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ०१ (फरकसमाचार) / चर्को घाम लाग्दा लाग्दै आईतवार परेको भिषण पानीले खेतमा काटेर राखेको धान चुर्लुम्म डुबेको छ । किसानले काटेर खेतमै राखेको धान डुबेको हो । डुबेको धान प्रयोग आउँन नसक्ने किसान बताउँछन् । ‘बर्ष दिन भरी मेहनत गरेर फलाएको धान भिषण पानीले डुबाएर छाड्यो’ किसानले भने ‘हामीलाई दैब लाग्यो ।’

‘काटेर राखेको धान खेर गयोे’उनले भने,‘ खेतमा भिजेको धान मिलमा कुटाउँदा चामल टुक्रा टुक्रा हुन्छ,खान लायक हुदैन ।’
खेतमा धान पाकेकाले धान काट्न शुरु गर्दा गर्दै पानी परेको छ । धान काट्न शुरु गरेका किसानले केहि दिनका लागी धान काट्ने काम रोक्ने काम स्थगन गरेका छन् ।

दशैं र तिहारको बिचमा मोटा धान पाक्ने हुनाले पानी पर्दा किसानले धान कटाई रोकेको गोलाका चैतु थारुले बताए । ‘राधा ४ जस्ता मोटा धान पाकी सकेकोले किसानले धान धमाधम काटिरहेका थिए’उनले भने,‘मोटा धान चिउँराको लागी प्रयोग हुने हुनाले यस बेला मुल्य पनि पाईन्छ । मोटा धान पाक्यो डाठ कमजोर हुनाले धान झर्ने त्रासले समयमै धान काट्छन् र मसुरो लगाउँछन् ।’

पानीले किसानलाई धेरै नोक्सान गरेको किसानले सुनाए । किसानका छोरा धान रोपाई सकिएपछि रोजगारका लागी भारत जाने गरेका यूवा जमात धान काट्न यतिबेला चटारो हुने गरेको थियो । ‘एउटा किसानले दशौ बिगाहा अधियामा खेत कमाएको हुन्छ’उनले भने,‘धान काट्नका लागी रोजगारीका लागि बाहिर गएका पनि आउँछन्, धेरै बिगाहा जग्गाको धान काट्न पर्ने हुनाले यस बेला किसानका लागी समयको महत्वपुर्ण हुन्छ ।’

भिषण बर्षा हुँदा किसान मर्कामा परेका छन् । राजापुरको भवराटप्पु क्षेत्र धान उत्पादनको लागी उर्भभुमि मानिन्छ । उक्त टापुमा बार्षिक ८ लाख क्यून्टल धान उत्पादन हुने गरेको तथ्याकं छ । राजापुरका ९० प्रतिशत स्थानीय कृषि पेशामा संलग्न छन् । यस सिजनमा २ सय ५० हजार हेक्टरमा धान बाली किसानले रोपेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर