कर्णाली नदीको जलस्तर बढ्दा राजापुर क्षेत्रका ५० घर डुबानमा
मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २ (फरकसमाचार) / गत आइतबार देखि परेको अबिरल वर्षाका कारण कर्णाली नदीको बाढीले राजापुर क्षेत्रका ५० घर डुबानमा परेका छन् ।

राजापुर नगरपालिका चनौरा र तिग्राका ५० वटा घरधुरी डुबानमा परेका हुन् । राजापुर नगरपालिका–१ टिउनी घाट स्थित कर्णाली नदीले पानी बाहिर फाल्दा शान्तिबजार जाने बाटो आवरुद्ध भएको छ ।

कर्णाली नदीको जलमापन केन्द्र चिसापानी जल स्तर खतरा तह १०.५ मिटर पार गरेको छ । तटीय क्षेत्र आसपासका बस्तीलाई सतर्क रहन प्रमुख प्रसासकिय अधिकृत धर्मराज न्यौपानेले आग्रह गरेका छन् ।

त्यसैगरी बबई नदीको चेपाङ्गमा रहेको जलमापन केन्द्रले जलस्तर सतर्कता तह ६.१० मिटर पार गरेको छ ।

आइतबारदेखि निरन्तर परेको वर्षाले कर्णाली र बबई नदीमा पानीको बहाब बढेको छ । नदी तटीय क्षेत्रका बासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । पानीको बहाब बढेकोले नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने र माछा मार्ने जस्ता गतिविधि नगर्नसमेत जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर