अक्सिजन बैंकद्वारा बाढी प्रभावितलाई राहत सामाग्री
बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २ (फरकसमाचार)

अक्सिजन बैंकले बाढी प्रभावितहरुलाई पहिलो चरणको राहत सामाग्री मंगलबार वितरण गरेको छ । बैंकले राजापुर नगरपालिका मार्फत बाढी पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको हो । कर्णाली नदीमा आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको विभिन्न स्थान डुबाएको थियो ।

बस्तीमा बाढी पसेपछि सुरक्षाकर्मीले व्यक्तिहरुलाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याएका थिए । बाढीबाट विस्थापित परिवारको लागि पहिलो चरणको राहत सामाग्री राजापुर नगरपालिका मार्फत वितरण गरिएको अक्सिजन बैंकका संयोजक भरत पौडेलले बताए । बाढीबाट विस्थापित परिवारको लागि तत्कालको लागि त्रिपाल तथा खाद्य सामाग्री उपलब्ध गराएको बताए ।

२६ थान त्रिपाल, ५० काटुन मिनरल वाटर पानी, ५० किलोग्राम दालमोट, १ क्विन्टल चिउरा र २० काटुन चाउचाउ राजापुर नगरपालिका मार्फत वितरणको लागि उपलब्ध गराएको संयोजक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय