राजापुरका एक हजार घर डुबानमा
बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ३ (फरकसमाचार)

कर्णाली नदीले मंगलबार राजापुर र गेरुवाका एक हजार भन्दा बढी घर डुबाएको छ ।

राजापुर नगरपालिकाको तिग्रा, दौलतपुर, चनौरा र गेरुवा गाउँपालिकाको पाताभार क्षेत्र डुबानमा परेको हो । कर्णाली नदीमा पानीको सतह बढेर राजापुर नगरपालिका–१ टिउनीघाट स्थितबाट बस्तीमा पसेको थियो ।

बाढीले राजापुर क्षेत्रमा घर डुबानमा पर्नुका साथै शान्तिबजार जाने सडक अवरुद्ध भएको थियो । त्यसैगरी सनकट्टी घाटबाट कर्णाली नदीले बाँध फुटाएर पाताभार डुबानमा पारेको थियो ।

डुबान क्षेत्रमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो । तटीय क्षेत्र आसपासका बसिन्दाहरुलाई सतर्क रहन प्रमुख प्रसासकिय अधिकृत धर्मराज न्यौपानेले आग्रह गरेका छन् ।

गत आइतबार देखि परेको अबिरल वर्षाका कारण तयार भएको धानबालीलाई ठुलो क्षति पु¥याएको छ । वर्षाले किसान दुखी भएका छन् । खेतमा काटेर राखेको धानबाली खेतमै उम्रिन थालेपछि किसान चिन्तित भएका छन् ।

अबिरल वर्षाले वर्षभरी खान पुग्ने धान नष्ट गरेपछि किसानले सरकारसंग हारगुहार गरिरहेका छन् । सरकारले किसानको समस्या बुझेर राहतको प्याकेज ल्याउन माग गरेका छन् ।

आइतबारदेखि निरन्तर परेको वर्षाले कर्णाली र बबई नदीमा पानीको बहाब बढेको छ । नदी तटीय क्षेत्रका बासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । पानीको बहाब बढेकोले नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने र माछा मार्ने जस्ता गतिविधि नगर्नसमेत जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय