बर्दियामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ३ (फरकसमाचार) / जिल्लामा थप १९ जनामा कोरोना संक्रमण बुधबार पुष्टि भएको छ । ८ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ३ सय ८६ पुगेको छ । त्यसैगरी बुधबार ४ जना निको भएका छन् । निको हुनेको संख्या ७ हजार १ सय १४ पुगेको छ । ५५ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ५३ होम आईसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय