बर्दियामा बेवारिसे अवस्थामा काठ बरामद
बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ३ (फरकसमाचार) / प्रहरीले बेवारिसे अवस्थामा बुधबार काठ बरामद गरेको छ । प्रहरीले मधुवन नगरपालिका–७ गंगाबस्ती स्थित सडक बाटोबाट सालको काठ बरामद गरेको हो ।

सालको गोलिया १९ थान १ सय ३० दशमलव ४६ क्युफिट काठ मुल्य रु ५ लाख २१ हजार ८ सय ४० बराबर बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिहर खड्का क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय