नेता शर्मा सहित कार्यकर्ता एमालेमा गोलबद्ध
बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ४ (फरक समाचार)

लामो समय देखि एमालेलाई एकिकरण गर्न भन्दै एकता अभियान सक्रिय भएका नेता तथा कार्यकर्ता माओ पार्टी एमालेमा गोल बद्ध भएका छन् । बामदेव गौतमको नेतृत्वमा एकता अभियानमा लागेका नेता तथा कार्यकर्ता माओ पार्टी एमालेमा फर्किएका हुन् ।

जिल्ला कार्य समिति गठन गरेर एकता अभियानमा सक्रिय रहेका नेता कार्यकर्ता फिर्ता भएको नेता अमर खड्काले बताए । एकता अभियान लामो समय देखि रहे पनि पार्टीलाई मजबुत बनाउँन एमालेमा फर्किएको नेता पुर्ण शर्माले बताए ।

‘हामी जहिल्य पनि पार्टी हक हित संरक्षणका लागि लड्यौ’उनले भने,‘पार्टीलाई मजबुत बनाउँन हामी फर्किएको छौ,कमि कमजोरीलाई औल्याएर अब डटेर पार्टीका पक्षमा काम गर्छौ ।’ अब एक अभियानमा अधिकांश नेता तथा कार्यकर्ता माओ पार्टी एमालेमा फर्किसकेका छन् । शर्मा एमालेका लोकप्रिय नेता मध्यमा पर्छन् ।

यस्तै समाजबादीमा रहेका दिल्ली अर्याल पनि एमालेमा फर्किसकेका छन् । एकता अभियान औचित्य करिब करिब समाप्त भईसकेको छ । बर्दियामा माओ पार्टीमा नेता र कार्यकर्ता फर्किरहेको पछिल्लो घटना क्रमले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय