नष्ट भएको धानको विवरण संकलन सुरु
बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ३(फरकसमाचार)

अबिरल वर्षाका कारण नष्ट भएको धानको विवरण संकलन कार्य गुलरिया नगरपालिकाले तिब्र रुपमा सुरु गरेको छ । आइतबार देखि भएको वर्षाले धानबालीमा ठुलो क्षति पु¥याएको हो । गुलरिया नगरपालिकाले १२ वटै वडामा नष्ट भएको धानको विवरण संकलन गर्न निर्णय गरेको नगर प्रमुख मुक्तिनाथ यादवले बताएका छन् ।

अविरल वर्षा, हावाहुरीले धानबाली र केरा खेतीमा पु¥याएको क्षति प्रति नगर प्रमुख दुख व्यक्त गरेका छन् । विवरण संकलन गर्ने जिम्मेवारी वडा अध्यक्षहरुलाई दिएको जानकारी दिए ।

एक हप्ताभित्र क्षति विवरण संकलन गर्ने योजना नगरपालिकाको छ । वडाले विवरण संकलन गरेर नगरपालिकामा बुझाएपछि केन्द्र सरकार र प्रदेश सरकारसंग क्षतिपुर्ति माग गर्ने नगर प्रमुख यादवले बताए ।

अबिरल वर्षाले धानबालीमा पु¥याएको क्षतिलाई मध्यनजर गर्दै गुलरिया नगरपालिकाले चालु आर्थिक वर्षको मालपोत मिनाहा गरेको नगर प्रमुख यादवले जानकारी गराए ।

साथै बिगत वर्षदेखि मालपोत नबुझाएका किसानले ३ महिनामा मालपोत बुझाएमा लाग्ने जरिवानासमेत मिनाहा गरेको नगर प्रमुख यादवले बताए । नगरपालिकाले गरेको यस्तो निर्णयले नगरका किसानलाई राहत पुग्ने विश्वास नगर प्रमुख यादवले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय