बेमौसमी बाढीको क्षतिः प्रधानमन्त्री देउवाको सम्बोधन, अर्थमन्त्री शर्मा द्वारा दुःख व्यक्त
शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित

कार्तिक ५, बर्दिया । अर्थमन्त्री शर्माले संचारकर्मीहरुसंग कुरा गर्दै बाढीले मान्छेको क्षति, भौतिक संरचनाको, बाटो, बिजुली, खानेपानी, अन्नबाली र पशुचौपायको क्षति भएको बताए ।
‘बाढीले बहुआयामिक क्षति गरेको छ’ उनले भने, ‘बाढीले देशको अर्थतन्त्रमा रणनैतिक असर पार्ने अवस्था सिर्जना भएको छ ।’ त्यसलाई कसरी पुर्ति गर्ने ।

जनताको दुख, संकट, भुकमरी समस्या, बाढीबाट ग्रसित परिवारलाई कसरी विस्थापित गर्ने, बाढीबाट मृतक परिवारलाई कसरी राहत दिनेलगायतका कुराको कसरी योजना बनाउने उदेश्यकासाथ प्रधानमन्त्री देवाउको नेतृत्वमा भ्रमणमा आएको अर्थमन्त्री शर्माले बताए । सुदूरपश्चिमको भ्रमण सकेका र पूर्वी तर्फको योजना रहेको समेत मन्त्री शर्माले सुनाए ।

हामी जनताको साथमा रहने बताए । हामीसंग भएको स्रोत साधनको प्रयोग गर्नेसमेत आश्वासन दिए । बाढीपहिरोबाट ग्रसित अन्य प्रदेशको भ्रमण गरेर राहतको लागि योजना बन्ने अर्थमन्त्री शर्माले सुनाए ।

उज्यालो नेपालका अभियन्ता समेत रहेका मन्त्री शर्माले झोलामा खोला अन्त्य यतिबेला हुदा लोक प्रिय बन्न सफल भएका छन् ।

भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय