बेमौसमी बाढीको क्षतिःअर्थ मन्त्रीको सम्बोधन
शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित

प्रधानमन्त्री देउवाको सम्बोधन, अर्थमन्त्री शर्मा द्वारा दुःख व्यक्त

राम प्रसाद चौहान

बर्दिया, कात्तिक ६

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राजापुर र गेरुवाका बाढी प्रभावित परिवारलाई सम्बोधन गरेका छन् । सुदूरपश्चिम प्रदेशको बाढी र डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्केका प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा राजापुर पुगेर सम्बोधन गरेका हुन् ।
बर्दियाको राजापुर नगरपालिकाको दौलतपुर, चख्खापुर, नगांपुर र चनौरामा र गेरुवा गाउँपालिकाको बनकटि, सनकटि, राजीपुर र जनक नगरमा कर्णाली नदीले पु¥याएको क्षतिमा प्रम देउवा र अर्थमन्त्री शर्माले दुख व्यक्त गरे ।

अर्थमन्त्री जनार्दन शर्माले संचारकर्मीहरुसंग कुरा गर्दै बाढीले जनधन, भौतिक संरचना, बाटो, बिजुली, खानेपानी, अन्नबाली र पशुचौपायाको क्षति भएको बताए । ‘बाढीले बहुआयामिक क्षति गरेको छ’ उनले भने, ‘बाढीले देशको अर्थतन्त्रमा रणनैतिक असर पार्ने अवस्था सिर्जना भएको छ ।’ त्यसलाई कसरी पुर्ति गर्ने । जनताको दुख, संकट, भुकमरी समस्या, बाढीबाट ग्रसित परिवारलाई कसरी विस्थापित गर्ने, बाढीबाट मृतक परिवारलाई कसरी राहत दिनेलगायतका कुराको कसरी योजना बनाउने उदेश्यकासाथ प्रधानमन्त्री देवाउको नेतृत्वमा भ्रमणमा आएको अर्थमन्त्री शर्माले बताए । सुदूरपश्चिमको भ्रमण सकेका र पूर्वी तर्फको योजना रहेको समेत मन्त्री शर्माले सुनाए ।

हामी जनताको साथमा रहने बताए । पिडित परिवारको लागि हामीसंग भएको स्रोत साधनको प्रयोग गर्ने समेत आश्वासन दिए । बाढीपहिरोबाट ग्रसित अन्य प्रदेशको भ्रमण गरेर राहतको लागि योजना बन्ने अर्थमन्त्री शर्माले सुनाए । उज्यालो नेपालका अभियन्ता समेत रहेका मन्त्री शर्माले झोलामा खोला अन्त्य यतिबेला हुँदा लोक प्रिय बन्न सफल भएका छन् । अर्थमन्त्री शर्माको नेतृत्वमा दीर्घरोगीलाई राहत उपलब्ध गराउने निर्णय भएको छ । यसरी नै गृह मन्त्रालयमा रहँदा प्रहरीको सरुवामा चलखेल नगरेको समेत मन्त्री शर्माको कामको चर्चा गर्छन ।

महेन्द्रनगर र कैलालीको भ्रमण गरेर राजापुर आउँदा तोकिएको समय भन्दा ३ घण्टा ढिलो पुगेका थिए । बाढीबाट विस्थापित परिवार मन्त्रीहरुलाई ३ घण्टा ढिलोसम्म कुरेर घाममा बसेका थिए । पिडित परिवारले कर्णाली नदीको बाढीले बस्तीमा पु¥याएको क्षति विवरण उल्लेख भएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका थिए ।
बाढीबाट ग्रसित पिडित परिवारलाई सम्बोधन गर्ने क्रममा सबै कुरा ज्ञापन पत्रमा उल्लेख भएको र स्वास्थ्य स्थिती राम्रो नभएकोले प्रधानमन्त्री देउवाले धेरै कुरा नराख्दा पिडित परिवार दुखी भएका छन् । प्रधानमन्त्री आफुले पिडित परिवारको लागि केही नबोलेपनि अर्थमन्त्रीलाई समेत बोल्ने समय नदिदा दुखी भएको बाढी पिडित रामकुमार चौधरीले बताए ।

यसैविच मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले सर्वपक्षियले तयार गरेको कार्यक्रमको सेडुल अनुसार कार्यक्रम संचालन नगरेको प्रति खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय