सुर्खेतमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते
शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित

सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।  वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार  बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । साभार रातोपाटी खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर