वनमन्त्री यादव द्वारा राष्ट्रिय निकुञ्ज अवलोकन
आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित

संरक्षित क्षेत्र व्यवस्थापन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन

राम प्रसाद चौहान

बर्दिया, कात्तिक ७

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले शनिबार बर्दिया राष्ट्रिय निकुञ्जको लालमाटीमा संरक्षित क्षेत्र व्यवस्थापन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन गरेका छन् । वन्यजन्तु र मानव बिच बढ्दै गएको द्वन्द्वको न्युनिकरण गर्ने उदेश्यले अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना गरिएको हो ।

प्रशिक्षण केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गदै मन्त्री यादवले वन मन्त्रालय सम्हाले देखि पहिलो औपचारिक भ्रमण रहेको बताए । बर्दिया राष्ट्रिय निकुञ्ज तराईको महत्वपुर्ण निकुञ्ज रहेको बताए । बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन गर्ने क्रममा चित्तल, बाघ, गैडा, लिलगाई, गोहीको प्रजनन केन्द्रको अवलोकन गरेको सुनाए ।

बर्दिया राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपुर्ण र ऐतिहासिक निकुञ्ज भएको बताए । देशमा पाईने ठुला बन्यजन्तु यस निकुञ्जमा रहेकोले महत्वपुर्ण रहेको बताए । ‘अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन गर्न मात्र आएका होइनौं’ मन्त्री यादवले भने,‘यस निकुञ्जको समस्या र चुनौती पनि बुभ्mछौं ।’ निकुञ्जका बन्यजन्तुले मानविय तथा अन्नबालीमा पु¥याएको क्षतिलाई कसरी रोक्न ।

मानव र बन्यजन्तु बिच बढ्दै गएको द्वन्द्वलाई कसरी न्युनिकरण गर्नेमा मन्त्रालयको विषेश ध्यान आकर्षण भएको मन्त्री यादवले सुनाए । यहाँको समस्या बुझेर निकुञ्जसंग सम्बन्धित ऐन कानुनको संसोधन गरी समस्या समाधान गर्ने आश्वासन दिए ।

वन तथा वातावरण मन्त्रालयका मन्त्री रामसहाय प्रसाद यादव, सचिव डा.पेम नारायण कंडेल र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कंडेल लगायतको टोली बर्दिया राष्ट्रिय निकुञ्जको स्थालगत अवलोकन गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले निकुञ्जका बन्यजन्तुले बस्तीमा धनजनको क्षति पु¥याएको औल्याएका थिए । बन्यजन्तुले पु¥याएको मानविय तथा अन्नबालीको राहत मात्र होइन, क्षति पुर्ति उपलब्ध गराउने बारे वनमन्त्रीलाई आग्रह समेत गरेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले निकुञ्जको स्थिती तथा चुनौतीबारे जानकारी गराएका थिए । निकुञ्जमा ८ सय भन्दा बढी वनस्पति, ३८ गैडा, १ सय २० हात्ती र १ सय संख्यामा बाघ रहेको जानकारी गराएका थिए ।

बन्यजन्तुको संख्या बढ्दै गएको चुनौती पनि बढेको सुनाए । बढ्दो मानव बन्यजन्तु द्वन्द्व, वन अतिक्रमण, गेरुवा नदीले कटान गरेको नीजि जग्गाको क्षतिपुर्ति दिन नसक्नु, कर्णाली नदीको बहाव परिर्वतन हुनु, भित्री पोष्टहरु र चुरे क्षेत्रमा आवतजावत तथा संचारको समस्या रहेको जानकारी दिए ।

त्यसैगरी मानव र बन्यजन्तु बिच न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी पन्चवर्षिय रणनीतिक योजना बनाएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय