बाढी ग्रस्त क्षेत्र अनुगमन पछि बरिष्ठ नेता पौडेलको कार्यकर्ता भेटघाट
सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ८ (फरकसमाचार)

नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल र नेता संजय गौतम बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनपछि कार्यकर्ता भेटघाटमा आईतबार दिन भरि व्यस्त भए । बाढी ग्रस्त क्षेत्रको अनुगमन आएका पौडेलले बर्दियाका कार्यकर्तालाई निर्देशन र सम्बोधन गर्न भ्याए । राजापुर, सानोश्री र बढैयाताल गाउँपालिकामा कार्यकर्तासँग भेटघाट गरे ।

पौडेलसँग नेता गौतम राजापुरका बाढीग्रस्त क्षेत्रमा अनुगमन गरे । यतिबेला नेपाली काँग्रेसको क्षेत्रिय सभापतिका गुट गुटका उम्मेदवारको नाम सार्वजनिक भएको छ । संघको र प्रदेश सभापतिका लागि दुबै गुट मध्य कसलाई उम्मेदवार बनाउँन नेता नेता बिच तिब्र प्रतिस्पर्धा चलेको छ ।

पौडेलको जिल्ला दौडाहालाई बिपक्षीले चुनावि मोर्चा बनाउँ पौडेल पक्षले गृह कार्य गरेको दाबी गर्छन् । शुक्रबार हेलिकप्टरमा आएका प्रधान मन्त्री शेर बहादुर देउवाले राजापुरमा बाढी पिडितलाई सम्बोधन गरिसकेका छन् ।

देउवाको भ्रमण भएको दुई दिन मै पौडेल पक्षले बाढी पिडितलाई सम्बोधन गर्ने नाममा चुनावी अभियान शुरु गरेको टिका टिप्पणी चलेको छ । सम्बोधन गर्ने क्रममा नेतृत्वको आचरण र प्रवृत्तिको खुलेर समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

आइतबार बर्दियाको बाढी ग्रस्त क्षेत्रको अनुगमन गरेका थिए । नेता पौडेलले बाढीपिडित परिवारलाई राहतका लागि सरकारलाई दबाब दिने बताए । पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी भित्र अधिनायकवाद र मनपरीतन्त्र मौलाउदै गएको आरोप लगाए ।

कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेर पार्टी सभापतिलाई सचेत गराइरहेको समेत उनले खुलाए । क्रियाशील सदस्यता विवाद चाँडो टुङ्गयाएर प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
बाढि प्रभावितको अबस्थाको बारेमा जानकारी पौडेलले लिएका छन् ।

यसैविच कैलालीको टीकापुरमा बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीन रुपमा राहतको प्याकेज घोषणा गरिनु पर्ने दोहोराएका थिए ।

बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ’, उनले भने, ’अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाका साथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु ।’

वरिष्ठ नेता पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताए ।’ कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर