हार्डवेयरका सामान बरामद
सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ८(फरकसमाचार)

भन्सार छली अबैध रुपमा ल्याउदै गरेको हार्डवेयरका सामान प्रहरीले आइतबार बरामद गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट भारतबाट अबैध रुपमा ल्याउदै गरेको सामान बरामद गरेको हो । बरामद हार्डवेयरका सामान मुल्य रु ९० हजार २ सय ४५ बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरी कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय