द्वन्द्व पिडितलाई आर्थिक सशक्तीकरण सम्बन्धि तालिम
सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया,कात्तिक ८ / द्वन्द्व पीडित परिवारको स्वरोजगारका स्थानीय सरकारको भुमिका विषयक तथा आर्थिक सशक्तीकरण सम्बन्धि तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बढैयातालमा प्रमाण पत्र वितरण गरिएको हो । महिला कानुन र बिकास मञ्चको आयोजना तथा ईन्टरनेशनल आलर्टको सहयोगमा कार्यक्रम भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले प्रमाण पत्र हस्तान्तरण गरेका थिए । प्रमाण पत्र हस्तान्तरण गर्दै द्वन्द पिडित परिवारको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि पहिलो प्राथमिकता दिने प्रतिबद्धतासमेत अध्यक्ष श्रेष्ठले जनाए । कार्यक्रम द्वन्द पीडित समितिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको थियो । २३ जनाको सहभागिता रहेको कार्यक्रमको संचालन आयोजक संस्थाका जिल्ला संयोजक सुशील चौधरीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय