बर्दियामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ८ (फरकसमाचार) / जिल्लामा थप १० जनामा कोरोना संक्रमण सोमबार पुष्टि भएको छ । ५ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय १० पुगेको छ ।

त्यसैगरी सोमबार ९ जना निको भएका छन् । निको हुनेको संख्या ७ हजार १ सय ५४ पुगेको छ । ३९ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ३५ होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ५ सय ८० जनालाई पहिलो डोज खोप लगाईएको छ भने ७७ हजार ९ सय ६१ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय