हप्ता दिन पछि बल्ल राजापुरको अन्धकार हट्यो
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, कात्तिक ९

राजापुर १० खैरीचन्दनपुरका माधव निगमले एक साता पछि सोमबार दिउँस मोबाईल चार्ज गरे । उनका आफन्त ईष्टमित्र र साथीभाईलाई बाढीको अवस्था बर्णन गरे । लामो सयम देखि बिद्युत अबरुद्ध हुँदा राजापुर क्षेत्र संचार बिहिन बग्न पुग्यो । संचार विहिन बन्दा जिवनयापन कष्टकर बनेको स्थानीयले बताए ।

अबिरल वर्षाका कारण कर्णाली नदीमा कात्तिक २ गते बाढी आयो । नदीमा बाढी आउँदा पानीको सतह बढ्यो । बाढीले बगाएर ल्याएको रुखविरुवाले टिकापुरबाट राजापुर आएको विद्युतको तार चुडाल्यो । कर्णाली नदीको बिच भागमा विद्युतको तार चुडिदाँ विद्युत सेवा अबरुद्ध भएको थियो । राजापुर र गेरुवाका गाउँबस्ती अन्धकार भएका थिए ।

अन्धकारमा बस्दा यस क्षेत्रका नागरिक दुखी भएका थिए । बाढी ग्रस्त क्षेत्र राजापुर र गेरुवामा सात दिनसम्म बिद्युत नआउँदा अन्धकारमा बस्न बाध्य भएको राजापुर दौतलपुरका सोहन चौधरीले बताए । ‘बाढीले खेतबाट धान बगायो’ उनले भने, ‘बिद्युत सेवा पनि अबरुद्ध हुँदा उज्यालो र संचारका माध्यमबाट पनि बञ्चित भयौं ।’ एक हप्ता पछि यस राजापुरमा विद्युत आएको छ । अब उज्यालोमा बस्न पाइने भन्दै खुसी व्यक्त गरे ।

बाढीले विद्युत तार चुडाएर राजापुरमा विद्युत अबरुद्ध हुँदा राजापुर बजारमा जेनेरेटर चलाएर मोबाईल चार्ज गर्नेको भिडहुने गरेको थियो । तर, गाउँबस्ती तिरका मोबाईल बन्द भएका थिए । मोबाईल बन्द हुँदा आफन्तसंग कुरा गर्नसमेत नपाएको गेरुवा राजीपुरका रामु रोकायाले बताए ।

टिकापुरबाट कर्णाली नदी हुँदै राजापुर ल्याईएको विद्युत पोलको उचाई कम भएकोले बाढीले तार चुडाएको हो । पोलको उचाई कम हुँदा विद्युत तार कम उचाईमा छ । कर्णाली नदीमा पानीको सतह बढ्दा बगेर आएको रुखविरुवा बल्झिदा बिद्युत तार चुडाएको हो । यस समस्यालाई समाधान गर्न विद्युतको पोलको उचाई बढाउनु पर्ने विद्युत कर्मचारीहरु बताउँछन् ।

अबरुद्ध बिद्युत सेवा सुचारु गर्न सशस्त्र प्रहरी बल नेपाल, बिद्युतका कर्मचारी र स्थानीको सहयोगमा तार जोड्ने काम आइतबार सम्पन्न भएको थियो । तार जोड्ने काम पुरा भएपछि सोमबार बिहान देखि विद्युत सेवा सुचारु गरिएको छ । कर्णाली नदीमा पानीको बहाब कायमै रहेको र मोटर बोटको प्रयाप्त उपलब्धता नभएको कारणले विद्युत तार जोड्न समय लागेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्द्र केसीको नेतृत्वमा सशस्त्र प्रहरीले मोटर बोटको सहयोगमा विद्युत तार जोड्न सफल भएको छ । बाढी ग्रस्त क्षेत्र राजापुर र गेरुवामा विद्युत सेवा अवरुद्ध भई नागरिकहरु अन्धकारमा बसेको देख्दा साह्रै दुखि भएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए । बाढी ग्रस्त क्षेत्र राजापुर र गेरुवामा विद्युत सेवा सुचारु गराउन सशस्त्र प्रहरी प्राथमिकताकासाथ यस काममा खटिएको उपरीक्षक रावतले सुनाए ।

अबरुद्ध विद्युत सेवा सोमबार सुचारु भएको बिद्युत प्राधिकरण राजापुरका प्रमुख सुनिल पौडेलले बताए । कर्णाली नदीको बाढीले तार चुडाउने समस्यालाई समाधान गर्न माथिल्लो निकायमा आफुले पहल गरिरहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय