सवारी ज्यानका फरार कसुरदार पक्राउ
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ९(फरकसमाचार)

सवारी ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–२ बस्ने ३५ वर्षिय सरिफ अलि गुज्जरलाई नियन्त्रणमा लिएको हो । सवारी ज्यान मुद्दामा जिल्ला अदालतले ०७७ साल पुस २३ गते एक महिना कैद सजाय तोकेको थियो । अदालतले कैद सजाय तोकेदेखि गुज्जर फरार रहेका थिए ।

खोजतलास गर्ने क्रममा प्रहरीले गुज्जरलाई नियन्त्रणमा लिई सजाय भुक्तान गर्न अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय