इलाममा श्रीमानले गरे श्रीमती र छोरीको हत्या
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

झापा, कात्तिक ९ / इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।

देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ।

उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घटनास्थलतर्फ प्रहरी गइरहेको बताए।

दुई जनाको हत्या भएको जानकारी आएको उनले बताए। ‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ,’ उनले भने। घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किमी टाढा पर्छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर