कात्तिक ९ / न्यायालयमा संक" />
संकट गहिरिएपछि बिदा बसेका न्यायाधीश अदालत फर्के
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक ९ / न्यायालयमा संकट गहिरिँदै गएपछि बिदा बसेका दुई न्यायधीश सर्वोच्च अदालत फर्केका छन् । न्ययायधीश कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् । न्यायायाधीश सुवेदीको एक साताको बिदा स्वीकृत भएपनि उनी दोस्रो दिन नै अदालत फर्केको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै अर्का न्यायायाधशि चुडालले पनि आगामी बिहीबारसम्मको बिदा लिएका थिए । तर उनी पनि मंगलबार नै सर्वोच्च फर्केका छन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायायाधीबीच खटपट भएपछि सर्वोच्चको सोमबारको इजलास र प्रधानन्याधीशले बोलाएको पूर्ण बैठक नै बस्न सकेको थिएन । सोमबार छुट्टै बैठक बसेका न्यायाधीशहरुले प्रधानन्यायाधीशले राजीनामा गरेर न्यायलयको साख जोगाउनुपर्ने निष्कर्ष निकालेका थिए ।

यसैबीच आज न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेट्दैछन् । अदालतभित्र देखिएका बिचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरुले  प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय