कात्तिक ९ / कोरोनाभाइरसबा" />
कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

काठमाडौं,कात्तिक ९ / कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६६ जना संक्रमित थपिएका छन् भने ६२२ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १० हजार २९८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार २१५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन् । यस्तै हाल देशभर सक्रिय संक्रमित १० हजार २९६ जना रहेका छन् । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय