गुलरियामा अपाङ्गता पुनस्र्थापना समिति गठन
बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया,कात्तिक १० / गुलरियामा बुधबार नगर स्तरीय अपाङ्गता पुनस्र्थापना समिति गठन गरिएको छ । गुलरिया नगरपालिकाकी उप–प्रमुख शुसिला गिरीको अध्यक्षतामा भएको अपाङ्गता पुनस्र्थापना प्लेट फर्म गठन समन्वय बैठकले कृष्ण बहादुर छेत्रीको अध्यक्षतामा १३ सदस्य पुनस्र्थापना समिती गठन गरिएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई समाजमा सम्मानजनक पुनस्र्थापन गर्ने उद्देश्यले गठन गरिएको समितिमा स्वास्थ, शिक्षा, महिला शाखा, सामाजिक शाखा, अपाङ्गता संस्थाका प्रतिनिधि लगायका प्रतिनिधित्व रहने गरि समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा चिन्तामणि कैडेल दृस्टीबिहिन सस्थाबाट, उदय चौहान बहिरा संस्थाबाट, जिल्ला अस्पतालबाट डा.विजय उपाध्याय, फिजियो थेरापिष्ट युबराज अधिकारी , स्वस्थ्यबाट सुनिल पाण्डेय, शिक्षाबाट सतिस यादव , महिला शाखाबाट शिला शाह, सामाजिक शाखाबाट मुकुन्द अर्याल लगायतका सदस्य रहेको समिति गठन भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा महासंघका कार्यक्रम संयोजक सन्दीप बिश्वकर्माले सहजीकरण गरेका थिए । परियोजना अधिकृत सृजना पन्थीले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेकी थिईन । कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा, पालिका शिक्षा, स्वास्थ, सामाजिक शाखाका प्रमुख, अपाङ्ता भएका ब्यक्ति लगायत २० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय