खुल्ला र सुपर भेट्रान डबल ब्याडमिन्टन प्रतियोगिता सुरु
बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ११(फरकसमाचार)

सब वन सडिभजन कार्यालय गुलरियामा बुधवार देखि खुल्ला र सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले गरेका छन् । वडा नं ५ को आर्थिक सहयोगमा खुल्ला र सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

प्रथम पुरस्कारको राशी २५ हजार ,दोस्रो पुरस्कार १० हजार छ । प्रतियोगितामा १६ वटा टिम सहभागी भएका छन् । विभागीय टिम प्रतियोगितामा सहभागी छैन ।

उद्घाटन कार्यक्रममा अध्यक्षता ग्रहण आयोजक क्लबका कार्यबाहाक अध्यक्ष तथा फुटबल संघका अध्यक्ष अजितराज भण्डारी उपस्थितिमा भएको थियो ।

वडा नं. ५ को १ लाख ५० हजार आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितमा सहभागी टिमले एक हजार रुपैया तिरेर सहभागीता जनाएका छन् । यस्ता प्रतियोगिताले नगरपालिका भित्र खेलाडी तयार हुने बिश्वास लिएको आयोजक कृष्णसार यूवा स्पोर्टस क्लबका अध्यक्ष यूवराज श्रेष्ठले बताए । ‘

प्रतियोगिताबाट नयाँ नयाँ खेलाडीको खेल प्रति आर्कषण बढ्ने बिश्वास लिएको छ,’उनले भने । उद्घाटन शत्रमा क्लबलले खेलाडी उत्पादन गर्न सकोस भन्ने शुभकामना प्रमुख देवकोटाले दिए ।

विकास अनुशासन गतिशिलतामा प्रतियोगिताबाट योगदान पुग्नेछ भन्ने उद्घाटन शत्रमा प्रमुख देवकोटाले बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर