एमालेमा चुनावी सरगर्मी, धमाधम प्रतिनिधित्व चयन
बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ११(फरकसमाचार)

तापक्रमकको यति बेला घट्दै छ । मौसम अनुकुल भएपनि एमालेको कार्यकर्तालाई गर्मी नै महशुस गरिरहेका छन् । चुनावी सरगर्मीले गर्मी बढेको छ । रात दिन नभनि प्रतिनिधित्व चयन गर्न नेता कार्यकर्ता व्यस्त देखिन्छन् । धमाधम वडा अधिबेशन सम्पन्न गरेको एमाले पालिकामा प्रतिनिधित्व चयन गर्न थालेको छ ।

मंगलबार एमालेले कडा मेहनत गरेर गुलरिया र बारबर्दियाको प्रतिनिधि चयन गर्यो । चुनाव मार्फत अधिबेशनको तयारी गरिहेका कार्यकर्तालाई सर्वसम्मत बनाएर प्रतिनिधित्व चयन गरिरहेको छ । यसका लागि नेता लक्ष्मण ज्ञवालीको चर्को दबाबमा कार्यकर्ताले अधिवेशन सर्वसम्मतमा प्रतिनिधित्व आईरहेको स्रोतको दाबी छ ।

मंगलबार सम्पन्न अधिबेशनले गुलरिया नगर अध्यक्षमा अम्मर खड्का, उपाध्यक्ष चुडामणी भण्डारी, सचिवमा रुद्र प्रसाद अधिकारी, उपसचिवमा सर्वजित यादव र राधीका पौडेल चयन भए । गुलरिया –४ का अध्यक्ष राम बहादुर रावलको नगर अध्यक्षमा प्रमुख दाबेदार रहेपनि सर्वसम्मतबाट खड्का चयन भएका हुन ।

पार्टीलाई एक ढिक्का गरेर नेतृत्व गर्ने गुलरिया नगरपालिका नगर अध्यक्ष अम्मर खड्काले बताए । ‘आंकाक्षी धेरै हुँदा हुदै पनि पार्टी पंत्तिले नगर अध्यक्षको जिम्मेवारी दिएकाले सबैलाई मिलाएर बहन गर्नेछु,’उनले भने । लामो प्रयास पछि एमालेका नेताको दबाब र प्रयास पछि एमालेले अधिबेशन सम्पन्न गरिरहेको छ ।

मंगलबार बारबर्दियाको प्रतिनिधित्व पनि सर्वसम्मतबाट चयन भएको छ । नगर अध्यक्षमा जगन्नाथ कंडेल, उपाध्यक्षमा भागीराम थारु, सचिवमा बल बहादुर परियार उपसचिव पुष्पा वली र येशु केशी चयन भए ।

बुधबार पनि पालिकाको प्रतिनिधित्व चयन गर्न नेता र कार्यकर्ता व्यस्त भए । बुधवार मधुवन र बाँसगढी नगरपालिका प्रतिनिधित्व चयन गरेको छ । मधुवन नगरपालिामा दुर्गा वली र बाँसगढी नगरपालिकामा सुन्दर ढकाल चयन भएका छन् ।

५ वटा पदमा प्रतिनिधित्व चयन सर्बसम्मतमा भईरहेको नेता लक्ष्मण ज्ञवालीले जानकारी दिए । ‘अहिले सम्म सबै सर्वसम्मतमा प्रतिनिधित्व चयन भएको छ’उनले भने,‘यस्तै गरी नै सबै पालिकामा सर्बसम्मतबाट प्रतिनिधि चयन हुनेछ ।’ पदाधिकारीमा महिला प्रतिनित्व अनिवार्य रहेको छ ।

अहिलेसम्म आएका नतिजामा महिला प्रतिनिधिलाई दुई वटा उपसचिव मध्य एउटामा सिमित गरिएको एमाले भित्र बिबाद बढेको छ । ३३ प्रतिनिधित्व अधिबेशनमा लत्याएको नेतालाई आरोप लागेको छ । यस्तै गेरुवा र राजापुर बाढी ग्रस्त क्षेत्र भएकाले निर्वाचन यतिबेला स्थगत गरिएको नेता ज्ञवालीले बताए । उनका अनुसार १२ र १३ गते भित्र राजापुर र गेरुवामा वडा अधिबेशन शुरु हुदैछ । १५ गते पालिकाको प्रतिनिधित्व चयन गर्ने लक्ष्य रहेको छ ।

ठाकुरबाबा र बढैयातालमा पदाधिकारीको आंंकाक्षी धेरै भएकाले बुधवार साँझसम्म प्रतिनिधि चयन हुन सकेन । बढैयाताल र ठाकुरबाबा नगरपालिकामा सर्वसम्मतबाट प्रतिनिधित्व चयन गर्ने नेता ज्ञवालीले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय