बर्दियामा चोरी मुद्दाका फरार कसुरदार पक्राउ
बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ११ (फरकसमाचार) / चोरी मुद्दाका कसुरदारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । प्रहरीले गेरुवा गाउँपालिका–३ बस्ने एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम भने खुलाईएको छैन । ०७७ माघ ५ गते जिल्ला अदालतले उनलाई चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु २० हजार जरिवाना तोकेको थियो । अदालतले कैद सजाय र जरिवाना तोकेदेखि उनी फरार रहेका थिए ।

ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी कैद सजाय र जरिवाना भुक्तान गर्न जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक हरिहर खड्का क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय