लगातार दुई वर्ष बर्दिया अस्पताल उत्कृष्ट
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १२(फरकसमाचार)

बर्दिया अस्पताल लगातार दुई वर्ष लुम्बिनी प्रदेश भरी कै उत्कृष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ वटा जिल्ला अन्र्तगतका १३ वटा अस्पताल मध्ये न्युनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगतिको मुल्याङ्कनको आधारमा बर्दिया अस्पताल प्रथम भएको हो ।

आर्थिक बर्ष २०७७÷०७८ को न्युनतम सेवा मापदण्ड र मुल्याङ्कनको आधारमा उत्कृष्ट देखिएको हुनाले सम्मान गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

बुटवलमा आयोजित आर्थिक बर्ष २०७७÷०७८ को स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा बर्दिया अस्पताल उत्कृष्ट भएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेलाई प्रमाण पत्र दिएको थियो । स्वास्थ्य मन्त्री ईन्द्रजित थारु,राज्य मन्त्री बिमला वली क्षेत्री,सचिव डा. विकास देवकोटा र विकास कुमार गिरी लगायतको सहभागी थियो ।

गत बर्ष पनि बर्दिया अस्पताल लुम्बिनी प्रदेश कै उत्कृष्ट अस्पताल घोषित भएको थियो । मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेको नेतृत्वमा जनशक्ती अभाव भएपनि बर्दिया अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्दै सेवा ग्राही खुसी छन् ।

प्रदेशका १२ वटा जिल्लाका अस्पताल मध्य पहिलो बर्दिया, दोस्रो कपिलबस्तु र तेस्रो दाङ भएको छ ।

विशेषज्ञ सहित ५० शैयाको अस्पतालको रुपमा स्थापित भएपनि बर्दिया अस्पतालले जनशक्ती अभावले विशेषज्ञ सेवा पुर्ण रुपमा प्रदान गर्न सकेको छैन ।

अस्पतालमा १० जना विशेषज्ञ डाक्टर ४ जना मेडिकल अधिकृत र एक जना डेण्टल सर्जन गरि १५ जना डाक्टरको दरबन्दी रहेको छ । हाल अस्पतालमा २ जना एमडिजिपि, एक जना सर्जन एक जना बालरोग विशेषज्ञ र एक जना दाँत रोग विशेषज्ञ मात्र विशेषज्ञ डाक्टर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय