बर्दियामा करणी मुद्दाका कसुरदार ६ वर्षपछि पक्राउ
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १२ (फरकसमाचार)/ जबरजस्ती करणी मुद्दाका फरार कसुरदारलाई ६ वर्षपछि प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

बाँसगढी नगरपालिका–२ बस्ने प्रेम बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ०७२ साल जेठ २८ गते जिल्ला अदालतले बिकलाई करणी मुद्दामा १ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेको थियो ।

अदालतले कैद सजाय तोकेको दिनदेखि बिक फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिकलाई नियन्त्रणमा लिई कैद सजाय भुक्तान गर्न जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर