भारतबाट अबैध रुपमा ल्याउदै गरेको कपडा बरामद
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १२ (फरकसमाचार) /भारतबाट भन्सार छली अबैध रुपमा ल्याउदै गरेको कपडा प्रहरीले बिहीबार बरामद गरेको छ ।

गुलरिया नगरपालिका–१० स्थित भारतबाट ल्याउदै गरेको कपडा प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेको अबैध कपडा मुल्य रु २८ हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरी सिमा चौकी मथुराबाट खटिएको प्रहरी टोलीले अबैध कपडा बरामद गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय