बर्दियामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १२ (फरकसमाचार) / जिल्लामा थप १३ जनामा कोरोना संक्रमण शुक्रबार पुष्टि भएको छ । ७ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ३२ पुगेको छ । त्यसैगरी शुक्रबार १ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ७ हजार १ सय ५६ पुगेको छ ।

५९ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ५५ होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर