अबैध रुपमा ल्याउँदै गरेको राँगा बरामद
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १२ (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याउँदै गरेको दुई जिउ राँगा प्रहरीले शुक्रबार बरामद गरेको छ । गुलरिया नगरपालिका–८ स्थितबाट प्रहरीले राँगा बरामद गरेको हो ।

बरामद २ जिउ राँगा मुल्य रु ८० हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रहरी चौकी सुरजपुरबाट खटिएको प्रहरी टोलीले राँगा बरामद गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय