कैलालीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु
शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

कैलाली, कात्तिक १३ / धारिलो हतियार प्रहारबाट एक जनाको मृत्युको भएको छ।

धारीलो हतियार चक्कु प्रहारबाट टिकापुर नगरपालीका-८ कालीमाटीका १८ बर्षीया अनुप साउदको मृत्यु भएको हो।

शुक्रबार राति साढे १० बजे भजनी नगरपालीका-३ ठेकीपुरका १८ बर्षीय किरण साउदले चक्कु प्रहार गर्दा उनी घाइते भएका थिए।

उनको टिकापुर अस्पतालमा उपचारका क्रममा घटनाको एक घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनुप र किरणको वादविवाद भएर झगडा भएको थियो। त्यसैक्रममा किरणले अनुपलाई चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहार गर्ने किरणलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर