चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जना पक्राउ
शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

बाँके, कात्तिक १३ / प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका-७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र बाँके राप्ती सोनारी गाउँपालिका-९ का ३५ वर्षीय हिरासिंह विक रहेका छन्।

शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई कोहलपुर-११ स्थित सागर गेष्ट हाउसको कोठाबाट पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार उनीहरूको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ।

पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि वन कार्यालय पठाउने तयारी भइरहेको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय