बर्दियामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १३ (फरकसमाचार) / जिल्लामा थप ८ जनामा कोरोना संक्रमण शनिबार पुष्टि भएको छ । ३ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ४० पुगेको छ ।

त्यसैगरी शनिबार २ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ७ हजार १ सय ५८ पुगेको छ । ६५ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ६१ होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ६ सय २५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने ९७ हजार ३ सय ५४ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय