दुई सय विगाहामा रैथाने जातको धान खेतीको योजना
आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १३

गुलरिया–४ खैरीमा स्थापना भएको राष्ट्रिय खाद्य बैंकले कृषिलाई आधुनिक प्रणालीलाई आधार बनाएर रैथाने जातको धान खेती विस्तार गर्ने योजना खुलासा गरेको छ ।

२२ जिल्लामा माटो परीक्षण गरेर आधुनिक खेती गरिरहेको खाद्य बैकले गुलरियामा पनि रैथाने धान खेती विस्तार गरेको छ । पहिलो चरणमा ८ किसिमका रैथाने जातका धानको बिउँ रोपेर २५ बिगाहामा शुरु गरेको छ ।

आधुनिक कृषि प्रणाली विस्तारका लागि खाद्य बैकले रैथाने जिन सम्बन्धि खोजतलास गरेर बर्दियाको गुलरियामा धान खेती विस्तार गरेको जनाएको छ ।

शनिबार खाद्य बैंकको मुख्यालय खैरीमा आयोजित पत्रकार सम्मेलनमा बिज्ञ डा.मोहन पन्थीले देश भरि नै माटो परीक्षण गरेर कार्ययोजना विस्तार गरिरहेको जानकारी दिए । खाद्य बैंकले रैथाने जातको बालीको परीक्षण पछि छरिएका किसानलाई एकिकृत गरेर योजना बद्ध तरिकाले अघि बढ्ने समेत पन्थीले खुलाए । ‘हामीले धान खेती बर्दियामा सुरुवाता गरेका छौ’आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘उत्पादन हेरेर २ सय बिगाहामा धान खेती गर्ने लक्ष्य छ ।’

किसानलाई बिउ उपलब्ध गराएर उब्जनी समेत गर्ने बैंकको योजना रहेको उनले बताए । ‘चक्ला बन्दी गरेर खेती गर्छौ भन्ने बिषय यतिबेला असम्भव छ’उनले भने,‘किसानलाई बैंकको संरचना भित्र ल्याएर बिउ र बिजन उपलब्ध गराएर खरिद केन्द्रको रुपमा बंैकले काम गर्छ ।’
उनका अनुसार खाद्य बैंकले उत्पादन गरेका गुणस्तरयुक्त खाद्य सामाग्रीहरुको सुरक्षित भण्डारण गरी बंैक मार्फत आफ्नै सेल्फ डिपो र होम डेलिभरीहरु ई कर्मश मार्फत बितरण गर्ने छ ।

बैंकले नमूनाको रुपमा हास पालन पनि गरेको छ । हासको माग भएमा बिदेशमा निर्यात गर्ने योजना रहेको संचालक बिनु प्रसाद पाठकले बताए । ‘बैंकले शुरुको चरणमा काम गरिरहेको छ’उनले भने,‘भबिष्यमा योजना बद्ध तरिकाले काम गरेर परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा ढाल्ने छ ।’कृषि प्रधान देशका हजारौ किसान बंैक मार्फत लाभान्वित हुने उनले दाबी गरे ।

पाईलट प्रोजेक्टको रुपमा काम गरिरहेको कार्यकारी अध्यक्ष शंकर नाथ उपे्रतिले बताए । किसानसँग मिलेर कृषिमा आत्म निर्भर गराएर देशको अर्थ टेवा पुराउँने अर्को लक्ष्य रहेको उप्रेतिले बताए । बैंकले उत्पादन गर्ने वस्तु वा खाने कुरा पुर्ण रुपमा आर्गनिक र प्राकृतिक खाने कुरा उत्पादन गर्ने उनले बिश्वास दिलाए ।स्रोत नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय