बर्दियामा जुवाखाल बाट ९ जना जुवाडे पक्राउ ।
सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित

 

१५ कात्तिक २०७८(फरक समाचार )
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार ९ जना जुवाडेलाइ नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका वडा नं.७ गुलरियागाँउ स्थित रमेश यादवको घरको कोठामा जुवातास खेलीरहेको अबस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।जुवा खेलाउने घरधनी सहित ९ जनालाई नगद रू.१,९८,५०५/-(एक लाख अन्ठानब्बे हजार पाँच सय पाँच) र जुवा खेल्न प्रयोग गरिएको तास सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख ईश्वर कार्किले बताए । जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.७ बस्ने रमेश यादव वडा नं.३ बस्ने रतिराम चौधरी ।वडा नं.७ बस्ने श्यामु यादव ।वडा नं.४ बस्ने गुमान बहादुर मल्ल ।वडा नं.१० बस्ने तेज कुमार चौधरी ।मधुवन नगरपालिका वडा नं.८ बस्ने सुरेश वली वस्ने टेकेन्द्र साउद ।वडा नं.९ बस्ने नारायण क्षेत्री र वडा नं.७ वस्ने पदम बहादु सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर