बर्दियामा अबैध सामान बरामद
सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १५ (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याएको सामान प्रहरीले आइतबार बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय सानोश्री र सिमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा अबैध सामान बरामद गरेको हो । भारतबाट भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

बरामद चिनी, सुर्तिजन्य पदार्थ र पंखामा लाग्ने प्लाष्टिकका पाता मुल्य रु २९ हजार ६० बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीले बरामद गरेको सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय