बर्दियामा चोरी मुद्दाका फरार कसुरदार ६ वर्षपछि पक्राउ
सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १५ (फरकसमाचार) / चोरी मुद्दाका फरार कसुरदारलाई प्रहरीले ६ वर्षपछि सोमबार पक्राउ गरेको छ ।

मधुवन नगरपालिका–६ बस्ने विजय खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ०७२ साल जेठ ४ गते जिल्ला अदालतले ३ वटा चोरी मुद्दामा ३ महिना कैद सजाय र रु ४१ हजार ८ सय ७२ जरिवाना तोकेको थियो । अदालतले कैद सजाय र जरिवाना तोकेको दिनदेखि खड्का फरार रहेका थिए ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा खड्कालाई पक्राउ गरी कैद सजाय र जरिवान भुक्तान गर्न अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय