बर्दियामा ४ जनामा संक्रमण पुष्टि हुँदा ८ जना संक्रमण मुक्त
सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १५ (फरकसमाचार) / जिल्लामा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ जना संक्रमण मुक्त भएका छन् । ३ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ४८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या ७ हजार १ सय ७० पुगेको छ । ६१ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ५८ होम आईसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय