‘जुवातास खेल्ने र खेलाउँनेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउँछौं’
मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

चाड पर्वमा रणनितिक योजनाका साथमा परिचालित भएको दाबी गरिरहेको बर्दिया प्रहरीले नगद १ लाख ९८ हजार ५ सय ५ सहित नौ जना पक्राउ गरेपछि जुवा खेल्ने र खेलाउँने गिरोह निरुत्साहित भएको स्थानीयको भनाई छ ।

राम प्रसाद चौहान

बर्दिया,कात्तिक १६

जुवाखालबाट नौ जना जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ गुलरिया गाउँबाट नगद सहित नौ जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दिपावली नजिकिदै गर्दा जुवातास खेल्नेको समुह सक्रिय रहेको चर्चा भईरहेको बेला प्रहरीले जुवाखाल बाट जुवाडे पक्राउको कारबाहीलाई स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

दिपावलीको अवसरमा फाईदा उठाएर जुवातास खेल्ने बिकृति बढेको छ । जुवातास खेल्ने बिकृतिलाई निरुत्साहित गर्न प्रहरीको रणनितिक योजना अनुरुप प्रहरीले सफलता पाएको हो । गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको सुक्ष्म अनुसन्धान पश्चात सफलता पाएको दाबी एसपी ईश्वर कार्कीको छ ।

सुक्ष्म अनुसन्धानकै दौरानमा नगद सहित ९ जुवाडेलाई नियन्त्रणमा लिन सफल भएको एसपी कार्कीले बताए । ‘चाडपर्वको बाहानामा जुवातास खेल्ने बिकृति समुदायमा छ’ एसपी कार्की भने, ‘जुवातास खेल्ने र खेलाउँनेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउँछौं ।’ जुवातास खेल्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउँन प्रहरी परिचालन भईसकेको समेत एसपी कार्कीले जानकारी दिए ।

गुलरिया नगरपालिका–७ गुलरिया गाउँ स्थित रमेश यादवको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान २ बजेर ५५ मिनेटमा यादवको घरमा जुवा खेलिरहेको शंका लागी प्रहरीले खानतलासी गर्दा घर धनी सहित ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ का रमेश यादव, श्यामु यादव, वडा नम्बर ३ का रतिराम चौधरी, वडा नम्बर ४ का गुमान बहादुर मल्ल, वडा नम्बर १० का तेज कुमार चौधरी, मधुवन नगरपालिका–८ का सुरेश वली, टेकेन्द्र साउद, वडा नम्बर ९ का नारायण क्षेत्री र वडा नम्बर ७ का पदम बहादुर सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले नगद सहित ९ जुवाडेलाई नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीको यो सफलताले जुवाडी जमातको मनोबल ओरालो लाग्नेछ । प्रहरीले नियन्त्रणमा लिएको जुवाडेलाई जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय