बर्दियामा टाँगा व्यवसायीलाई खाद्यान्न बितरण
मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १६ (फरकसमाचार) / नेपाल भारत मैत्री संघ केन्द्रिय समितिले टाँगा व्यवसायीलाई मंगलबार खाद्यान्न बितरण गरेको छ ।

गुलरिया र मुर्तिहा रोडमा टाँगा संचालन गर्दै आएका ४५ जना टाँगा व्यवसयाीलाई खाद्यान्न वितरण गरिएको हो । नेपाल भारत मैत्री संघ केन्द्रिय समितिले महेन्द्रनगर र कैलालीका बाढी पिडितलाई राहत वितरण गर्दै बर्दिया आएको जनाएको छ ।

टाँगा व्यवसायीलाई खाद्यान्न वितरणमा संघका वरिष्ठ उपाध्यक्ष तुल बहादुर, अध्यक्ष सैलेन्द्र मोहन झा, महासचिव बोध कृष्ण सुबेदी, केन्द्रिय सदस्य मनोज यादब, जिल्ला अध्यक्ष धनेश यादब र बारको अध्यक्ष काशिराम थारु आजिबन सदस्य मनोज बर्मा, सुधाकर मिश्र र पुन्य कला श्रीवास्तब लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय