काठमाडौं, कात्तिक १६। प्रधान" />
सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ
मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक १६। प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् ।

सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् ।

प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक निकास चाहेको बताएपछि असन्तुष्ट न्यायाधीशका तर्फबाट अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माले छलफल गरेका थिए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय