नेपालगञ्ज विमानस्थलमा बँदेलसँग जहाज ठक्कर खाएपछि…
मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

बाँके, कात्तिक १६ / नेपालगञ्ज विमानस्थलको धावनमार्गमा जहाजसँग बँदेल ठक्कर खाएको छ।

विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज आज बिहान करिब ६:२० बजे बँदेलसँग ठक्कर खाएको हो। जहाज नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उड्ने तयारी गर्दै थियो। धावनमार्गमा बँदेलका बच्चा देखिएका थिए।

बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार जहाजमा बँदेल ठक्कर खाएको हो। धावनमार्ग वरपर घाँसे मैदान रहेकोले त्यहाँबाट बँदेल आएको उनले बताए।

‘धावनमार्ग वरपरका घाँस काट्ने व्यवस्था गर्ने तयारी छ,’ उनले भने। जंगली जनावरले यसअघि पनि विमानस्थलमा दु:ख दिने गरेको उनले बताए। विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठक्कर खाएको हो। जहाजको अगाडिको टायरमा प्वाल परेको छ।

जहाजलाई पार्किङ गरेर राखिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। यात्रु र चालक सकुशल छन्। जहाजमा १४ यात्रु थिए। करिब आधा घन्टा विमानस्थल बन्द गरिएकोमा अहिले सुचारू भइसकेको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर