बर्दियामा थप ६ जनामा संक्रमण पुष्टि
मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १६ (फरकसमाचार) / जिल्लामा थप ६ जनामा कोरोना संक्रमण मंगलबार पुष्टि भएको छ । ४ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ५४ पुगेको छ । त्यसैगरी मंगलबार १४ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ७ हजार १ सय ८४ पुगेको छ । ५३ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ५० जना होम आईसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय