नयाँ शिरा युवा क्लव र प्रहरीको समन्वयमा गुलरिया बजार सरसफाई
बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १७ (फरकसमाचार) / नयाँ शिरा युवा क्लव र प्रहरीको समन्वयमा गुलरिया बजार बुधबार सरसफाई गरिएको छ । हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गरेर गुलरिया बजार सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा नयाँ शिरा युवा क्लवका युवाहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।

गुलरियाको शहिद गेटबाट सरसफाई सुरु गरि टाँगा स्टेशनमा अन्त्य गरिने नयाँ शिरा युवा क्लवका उपाध्यक्ष अर्जुन केसीले बताए ।

गुलरिया बजार क्षेत्रमा कुचो लगाएर सरसफाई गरिएको छ ।

नयाँ शिरा युवा क्लवको आयोजना जिल्ला प्रहरी कार्यालय बर्दिया, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दिया र नयाँ शिरा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा सरसफाई गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर