बर्दियाको गुलरियाबाट दिनदाहडै मोटरसाईकल चोरी
बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १७ (फरकसमाचार)/ गुलरिया नगरपालिका–५ फुलबारी टोलबाट सोमबार दिनदाहडै मोटरसाईकल चोरी भएको छ । घर अगाडि बाहिर राखिएको मोटरसाईकल दिउँसो ३ बजे चोरी भएको हो ।

एक महिना अघि किनेको पल्सर टुटुवान्टी एफ एबिएस न्यु मोडेलको मोटरसाईकल चोरी हुँदा रोशन श्रेष्ठ दुखी बनेका छन् । मोटरसाईकल घर अगाडि राखी नास्ता खान भित्र गएको उनले बताए । ‘रुमबाट नास्ता खाएर बाहिर निस्कदाँ मोटरसाईकल स्टाट गर्न लागेको देखे’ उनले भने, ‘दौड्दै रोक भन्दा भन्दै आँखा अगाडिबाट मोटरसाईकल चोरी भयो ।’

मोटरसाईकलको पछिपछि दौड्दा दौड्दै चोकबाट जिसस तिर गयो की सोहेलवा तिर गयो पत्ता पाएन मोटरसाईकल धनी श्रेष्ठले बताए । मोटरसाईकल खोजी गरिदिन श्रेष्ठले प्रहरीमा समेत उजुरी दिएका छन् ।

चोरी भएको मोटरसाईकलको नम्बर लु ७८ प ६८३९ हो । मोटरसाईकलको रंग सेतो, रातो र कालो छ । हराएको मोटरसाईकल कहिकतै फेला पर्नेले प्रहरीलाई जानकारी गराई सहयोग गर्न मोटरसाईकल धनी श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर