युवा क्लव र प्रहरीको समन्वयमा गुलरिया बजार सरसफाई
बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १७(फरकसमाचार)

नयाँ शिरा युवा क्लव र प्रहरीको समन्वयमा गुलरिया बजार बुधबार सरसफाई गरिएको छ । हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गरेर गुलरिया बजार सरसफाई गरिएको हो ।

क्लवका युवा र प्रहरीको सहभागितामा भएको बजार सफाई कार्यको स्थानीयले प्रसंशा गरेका छन् । क्लबले आयोजना गरेको सरसफाई

कार्यक्रममा नयाँ शिरा युवा क्लवका युवाहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।
४० जना क्लबका युवा, १० जना नेपाल प्रहरी र ६७ जना सशस्त्र प्रहरीले सरसफाई कार्यक्रममा सहभागिता जनाएको क्लवका अध्यक्ष प्रमोद चन्दले जानकारी दिए । युवा क्लवले नगरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष चन्दले विश्वास दिलाए ।

बुधबार बिहान ७ बजेदेखि गुलरियाको शहिद गेटबाट सरसफाई सुरु गरि बजार क्षेत्र सफाई गरी टाँगा स्टेशनमा अन्त्य गरिएको क्लवका उपाध्यक्ष अर्जुन सुवेदीले जानकारी दिए ।

बजार क्षेत्रमा कुचो लगाएर सरसफाई गरिएको थियो । बजार क्षेत्रको सडक किनारमा थुपारी राखेको फोहोर उठाई नगरपालिकाको ट्याक्टरमा लोड गरी फोहोर व्यवस्थापन केन्द्रमा लगिएको थियो । युवा क्लवको आयोजना जिल्ला प्रहरी कार्यालय बर्दिया, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दिया र नयाँ शिरा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा सरसफाई सम्पन्न भएको छ ।

त्यसैगरी क्लवले ठुलो राशी पुरस्कार भएको क्रिकेट लिग बर्दिया प्रिमियम लिगको आयोजना गरेको क्लवका अध्यक्ष प्रमोद चन्दले जानकारी दिए । क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय १ र दोस्रो हुने टिमलाई ५१ हजार १ सय ११ पुरस्कार दिने क्लवले जनाएको छ ।

क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको लागि टिम दर्ता सुरु भएको छ । प्रतियोगिता बबई क्याम्पस पछाडि खेलकुदको मैदानमा हुनेछ । टुर्नामेन्ट प्रतियोगिता मंसिर पहिलो साता देखि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय