जीप दुर्घटनामा चालकको मृत्यु
बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित

दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१च १३१० नंको जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा घोराही नगरपालिका–१३ का अन्दाजी २८ वर्षीय जीप चालक राजु विक रहेका छन् । प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि कालागाउँस्थित प्रदेश अस्पताल पुर्याउने क्रममा उनको मृत्यु भएको जानकारी दिए । सोही दुर्घटनामा परी लिवाङ नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार सामान्य घाइते भएका थिए । जीप सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय