प्रहरी उपरीक्षक संज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार
शनिबार, कार्तिक २०, २०७८ मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ ।

डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइ प्रमुखको भूमिकामा छिन्  । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।  साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर